पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण २६ भदौंमा

काठमाडौं, साउन ४ । नेपाल खेलकुद पत्रकार मञ्च९एनएसजेफ०ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ ।

दुई चरणको स्थानीय निर्वाचनका कारण केही ढिलाई भएपनि एनएसजेफको २२ औं वार्षिक उत्सवको अवसर पारेर उक्त मितिमा गर्न लागिएको जानकारी दिएको छ ।

यस पटक पुरस्कार स्वरुप उत्कृष्ट खेलाडीलाई दिइने बाइकको संख्या वृद्धि गर्दै ३ बाट ४ पुर्याइएको छ ।

२०७३ मा नेपाली खेल क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई भदौ २६ गते कमलादीस्थित प्रज्ञा भवनमा सम्मान गरिने भएको हो ।

कूल ८ विधामा प्रदान गरिने अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष र महिलाका साथै पिपल्स च्वाइस अवार्डको विजेतालाई बाइक प्रदान गरिदै आएको छ । तर यसवर्ष अर्को एक विधाका उत्कृष्टले पनि बाइक पाउने भएका छन् ।

कमेन्ट गर्नुहोस्