कोदालोले हानेर श्रीमानको हत्या

म्याग्दी, साउन ४ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलाबाङमा श्रीमतीले श्रीमानको हत्या गरेकीछन ।

मंगलबार राती घरायसी विवाद हुँदा शिव जिसीलाई श्रीमती रञ्जनाले कोदालोले हानेर मारेको प्रहरीले जनाएको छ ।

शिबको श्रीमतीले प्रहाधर गरेको कोदालोले लागेर घटनास्थलमै मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्काले बताइन ।

रञ्जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्