माओवादी बैठकमा के के भयो आज, कसले के रिपोर्टिङ गरे ?

काठमाडौं, साउन ४ । माओवादी केन्द्रको राजधानीमा तीनदेखि जारी बैठकमा बोल्ने अधिकांश नेताहरुले बलियो र सुदृढसंगठन, पार्टीको पुनःपुनिर्माण र पार्टी सुद्दीकरणमा जोड़ दिएका छन ।

सोमबारदेखि सुरु भएको समीक्षा बैठकको तेस्रो दिन स्थानीय नेताहरूले दरिलो संगठनको अभाव नै चुनावमा हार हुनुको मुख्य कारण भएको बताए । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेताहरुले चुनावी समीक्षा गरेका हुन ।

बुधबारको बैठकमा महादेव यादव, जगत यादव, किसन शर्मा, भानुप्रकाश श्रेष्ठ, अग्निप्रसाद सापकोटा, हितराज पाण्डे, हकिकुल्लाह खाँ, श्रवणकुमार यादव, विष्णुपुकार श्रेष्ठ, गणेशमान पुन, डाचाराज वाग्ले, खिलप्रसाद बुढाथोकी, सुदन राई, बाबुराम गौतम, लिलामणि पोखरेल, रेखा शर्मा, बसन्त घर्ति र तिलक परियार गरी १८ जना नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गरेका थिए ।

सचिवालय बैठक भोलि पनि बस्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्