गृहमन्त्रीले गरे सुन्तली प्रकरणका आरोपित डिएसपी दासलाई निलम्वन

काठमाडौं, साउन ४ । नेपाल प्रहरीको एसपी बढुवामा सिफारीस भएका डिएसपी संजिव शर्मा दासलाई गृहमन्त्री जनार्दन शर्माले बुधबार निलम्वन गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत गृहमन्त्री शर्माले डिएसपी दासको बढुवा त्रुटिपुर्ण भएको भन्दै घटनाबारे अनुसन्धान गर्न निलम्वन गर्न निर्देशन दिएको उल्लेख छ ।

नेपाल प्रहरीको मध्यक्षेत्र कार्यालय हेटौडाबाट उनलाई कारबाहीका लागि सिफारिस भएपनि आइतबार राती भएको एसपी बढुवामा उनको नाम सिफारीस गरिएको थियो।

शर्मालाई मध्यक्षेत्रका प्रमुख डिआईजी गणेश केसीले कारबाहीका लागि सिफारीस गरेका थिए । यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि दासलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

डिएसपी दासको बढुवापछि संचारमाध्यमले गृहमन्त्री शर्माको आलोचना गरेका थिए ।

पाच बर्षअघि रामेछापको लिखु गाउपालिका–२ सैपुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कार र हत्यामा सलग्नलाई भगाएको र पीडितको जाहेरी समेत लिन नमानेको आरोप डिएसपी दासलाई लगाइएको थियो ।

कमेन्ट गर्नुहोस्