साथीलाई बचाउन खोज्दा आफ्नै मृत्यु

संखुवासभा, साउन ४ । खोलामा डुबेर संखुवासभामा दुई जनाको मृत्यु भएको छ । साथी खोलामा डुबेपछि बचाउन गएका साथीको पनि मृत्यु भएको हो ।

मकालु गाउँपालिका–५ को खोक्ताङखोलामा डुबेर भोजपुर पौवादुङ गाउँपालिका–१ का श्रीकृष्ण राई र सन्तोष राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौता–एपेक्स जेभी कम्पनीमा कार्यरत उनीहरुको पुल नापजाँच गर्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

खोलामा श्रीकृष्ण डुबेपछि उनलाई बचाउने क्रममा सन्तोष पनि डुबेका थिए । उनीहरुको खाँदबारी अस्पतालमा बुधबार पोष्टमार्टम गरेर शव आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्