‘संविधान र कानुनले गरेको व्यवस्था कार्यान्वयन भएन’

काठमाडौं, साउन ४ । संविधान र कानुनले गरेको व्यवस्थालाई दलहरुले कार्यान्वयन नगर्दा स्थानीय तहको चुनावमा प्रमुख पदमा महिला आउन नसकेको अन्तर पार्टी महिला सञ्जालले दावी गरेकोे छ ।

बुधबार राजधानीमा आयोजित अन्तरक्रियामा सञ्जालकी अध्यक्ष रेणु यादवले महिला समावेशिताका कुरालाई दलहरुले उठाउने गरेपनि व्यवहारमा कार्यान्वयन नगरेको आरोप लगाइन ।

स्थानीय तह निर्वाचनमा महिलाको सहभागिता सकारात्मक देखिएपनि सन्तोष मान्ने अवस्था भने नरहेको महिला अगुवनले बताए ।

स्थानीय तहको काम, कर्तव्य र अधिकार, संविधानले गरेका व्यवस्था, निर्वाचन प्रणाली लगायतका विषयमा सूसुचित गराउन सञ्जालले विभिन्न जिल्लामा अभिमुखिकरण अभियान थालेको छ ।

बैतडी र डडेल्धुरामा अभिमुखिकरण सम्पन्न गरेको सञ्जालले अब हुम्ला, म्याग्दी, मुस्ताङ लगायतका जिल्लामा जाने तयारी गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्