०.०५६ डिग्रीले बढ्दैछ नेपालको तापक्रम

काठमाडौं , साउन ५  ।  नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखउको छ । यसअघि सरकारले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालमा वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले मात्र तापक्रम बढिरहेको आँकडा प्रस्तुत गर्ने गरेको थियो ।

विकसित मुलुकहरुले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्यास (ग्रिनहाउस ग्यास)का कारण नेपालको तापत्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो । नेपालले भने प्रतिवर्ष ०.१२ प्रतिशतमात्र ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पहिलोपटक मुलुकभरका मौसम मापन केन्द्रको झन्डै ४० वर्षको तथ्यांक विश्लेषण गर्दै तापत्रम वृद्धिदर पहिलेभन्दा बडेको तथ्य सार्वजनिक गरेको हो,कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्