एसियन कप फुटबल: नेपालले ९ गोल खायो, एक गोल पनि गर्न सकेन

काठमाडौं, साउन ५ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ ।

युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २-० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् । खेलको २८ औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा समालिन नसक्दा दोस्रो गोल खान पुग्यो ।

बुधबार रातीको हारसँगै नेपालले प्रतियोगिताको सबै खेलमा हार वेहोर्दै अंकविहीन भएर घर फर्कियो ।

तीन खेलमा ९ गोल खाएको नेपालले विपक्षी पोष्टमा एक गोल पनि गर्न सकेन ।

कमेन्ट गर्नुहोस्