प्रचण्डले ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने

काठमाडौं ,साउन ५ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने भएका छन् ।

प्रचण्डको सचिवालयले विज्ञप्ती निकालेर तर, त्रिमूर्ति निकेतनको इतिहास, इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धि प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुले देखाएको चासो एवं सकारात्मक सुझावलाई ध्यान दिँदै अध्यक्ष प्रचण्डले आफूलाई छनोट गरिएकोमा निकेतनलाई हार्दिक धन्यवाद दिँदै सम्मान र पदकका ग्रहण नगर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसअघि सम्मान र पदक लिने वा नलिनेबारे अध्यक्ष प्रचण्ड र अध्यक्षको सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।

तर विभिन्न मीडिया एवं सामाजिक सञ्जालमा अध्यक्षले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोको थियो । प्रचण्डको सचिवालयले यसमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्