बस दुर्घटनामा दुईको मृत्यु, १० घाइते

बेनिघाट, साउन ५ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपलिका वडा नं ५ स्थित विशालटारमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट काकटभित्तातर्फ जाँदै गरेको ना ६ ख २२९३ नम्वरको बस दुर्घटनामा अन्य १० भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागि राजमार्गका अस्पतालमा पठाइएको प्रहरी चौकी बेनिघाटले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा बसका चालक झापा शिवसतासी गाउँपालिका वडा नं ६ का कलम ढुङगाना र सोही गाउँका सहचालक नवराज शिवाकोटी रहेको प्रहरी जनाएको छ ।

दुर्घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्