अफगानिस्तानविरुद्ध नेपाललाई १९१ रनको विजयी लक्ष्य

काठमाडौं, साउन ५ । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाललाई जितका लागि अफगानिस्तानले १९१ रनको लक्ष्य दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई निर्धारित ५० ओभरभन्दा २ बलअघि १९० रनका अलआउट गर्‍यो।

अफगानिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा सहाव आलमले ३, सन्दीप लामिछाने र पवन सर्राफले समान २ तथा दीपेन्द्र ऐरी र किशोर महतोले १र१ विकेट लिए।

अफगानिस्तानका इब्राहिम जद्रानले ४३, नभिद ओवाइदले ३३, तारिक स्टानिकजाइले २७ तथा कप्तान नविन उलहकले २० रनको योगदान गरे। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतियोगितामा दुवै टोली हालसम्म अपराजित छन् । राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एकरअर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

कमेन्ट गर्नुहोस्