हास्य कलाकार दीपाश्री निरौलाले गरिन् विवाह

साउन ५ । हाँस्य कलाकार तथा नायीका दिपाश्री निरौलाले विवाह गरेकी छन् ।

निरौलाले मंगलबार नायक संजोग कोइरालासँग विवाह गरेकी हुन् । दुलहीको पहिरनमा सजिएकी निरौला राजधानीको बत्तीसपुतलीस्थित राम मन्दिरमा कोइरालासँग विवाह गरेकी हुन् ।
सफल चलचित्र ‘छक्का पञ्जा’को निर्देशक समेत रहेकी निरौलाले सोही चलचित्रकी अभिनेत्री वर्षाराउतका प्रेमीसँग  विवाह गरेकी हुन् ।

उमेरले ४० काटेकी दिपाश्री यति लामो समय अविवाहित बसेर अर्काको प्रेमीसँग किन विवाह गरेको होला भन्ने मनमा प्रश्न उठ्न नपाउँदै थाहा भयोे यो विवाह रियल लाइफमा नभएर तीज गीतको भिडियोका लागि रहेछ ।

शोभा थापाको तीज गीत ‘बहिनीको भिनाजु’ भिडियोका लागि नक्कली विवाह गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्