यस्ता छन् गुल्मीमा अडियो आतंकका चार फायरहरु

प्रेम सुनार

अडियो आतंकको पहिलो फायरः गुल्मीको रुरु गाउँपालिकामा कांग्रेस माओवादीका संयुक्त गाउँपालिका प्रमुख उमेदवार यदु ज्ञवालीलाई हराउनका लागि एमाले समर्थकले मौन अवधि सुरु भएपछि पहिलो अडियो फायर गरियाे । त्यसअघि ज्ञवाली पक्षधरले गाई काट्ने काण्डलाई फेशवुकवाजी गरी रहेका थिए ।

दोश्रो फायरः

मतदानपनि मतणना स्थलतर्फ लैजाने बेलामा मदनाने गाउँपालिकामा एमाले नेत्री रामकुमारी झाँक्रीलाई मुछे कांग्रेस र माओवादीहरुले । एक पक्षीय रुपमा आएको त्यो समाचारले झाँक्रीलाई तनाव हुनु स्वभाविक थियो । कांग्रेसका कार्यकर्तामाथि झाँक्रीको नेतृत्वमा एमालेका कार्यकर्ताहरुले छुरा प्रहार गरेको समाचारका सम्बन्धमा झाँक्रीको प्रतिकृया मिडियाले बुझ्न खोज्दा टेलिफोन सम्पर्क नभएको बुझिएको छ । तर घानमा परे पुर्कोटदहका शिक्षक वोमबहादुर कुँवर । मानव स्वभाव न हो फोनमा नेतृ झाँक्रीको त्यो आक्रोष र शब्द आउनु स्वभाविक हो ।

प्रेम सुनार

जसलाई सामाजिक सञ्जालहरुमा सार्वजनिक गरेर झाँक्रीलाई बदनाम गराउने दुश्प्रयास गरियो । जुन घटनाका कारण देशव्यापी चर्चामा रहे भेजबहादुर सर । गीत पनि आयो ‘डाँडै फुर्के सल्लो, भोज सरको गाउँ त चिने घर चिन्न सकिन वल्लो हो कि पल्लो …।’

तेश्रो फायरः

रेसुङ्गा नगरपालिकामा कांग्रेसले पत्रकार सम्मेलन गरेरै खोल्यो । जुन फायर एमालेका एक नेतालाई ध्वस्त पार्ने गरी खोलिएको थियो । चुनाव एमालेका उनै उमेदवारको वलले जितेका थिएनन् त्यसको सारथी थिए तिनै नेता । झण्डै २५ वर्ष देखि कांग्रेसको किल्ला उनकै वलमा तोडिएको थियो । त्यसविरुद्ध सबै कांग्रेसजन एकै ठाउँमा भएर ब्रस्ट फायर खोले । त्यस आक्रमणको पर्दा पछाडी कमाण्डर कांग्रेस सचिव खिलध्वज पन्थीले गरेको पाईएको छ भने बाहिर सभापति भुवनप्रसाद श्रेष्ठ देखिए । त्यस आक्रमणमा परेका एमालेका ती नेता गणेश श्रीपाली सामान्य घाईते भए । दुई दिनको सामान्य उपचारपछि दुश्मन विरुद्ध पुनः हतियार उठान सक्ने भए ।

चौथो फायरः

एमालेजनले कांग्रेसको आधा हिस्सा ध्वस्त पार्ने आधा हिस्सा बचाउने फौजी रणनीतिका रुपमा फायर गर्यो । त्यो आक्रमणबाट कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी देखालो घाइते भए पनि अझ बढी घाइते उनका समर्थक बने ।

पन्थीको भनाई अनुसार धेरै लामो घरयासी कुराकानी छ त्यस अडियोमा । ‘एउटा भाइलाई ध्वस्त पार्ने राजनीति गरेर त्यो अडियो एमालेको कार्यालयमा बुझाउने, त्यो आधा मात्रै होइन, पुरै हालियोस भन्ने मेरो माग हो । अनि बल्ल मबाट आक्रोषित मेरा नेता र समस्त कांग्रेसजनसँग म प्रस्तुत हुन सक्ने छु ।’

उनले एक प्रेस विज्ञप्ती सार्वजनिक गरी घरयासी कुराकानीमा भुवन दाई र शालिक दाईको विरोध आफ्ना ति परिवारमा भए पछि उनिहरुलाई थोरै शव्द तुच्छ शव्द बोल्नु परेको स्वीकार गरेपनि त्यो घरायसी कुरा भएको बताएका छन् । तर मेयरलाई छाडेर अरुमा भोट हाल जस्ता कुराहरु अडियोलाई काँटछाँट गरेर जोडिएको उनको दावि छ । अडियोलाई काँटछाँट गरी मिलाई आफूलाई फसाउन खोजिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

चौथो यो अडियो आतंकपछि पाका काग्रेसजनले दश वर्षे माओवादी द्धन्द्ध र वहुदलीय ब्वयस्थासंग विपक्षी कम्युनिष्टहरु एमाले र माओवादीलाई स्मरण र तुलना गर्न थालेका छन् । पाका काँग्रेसजन भन्छन्– ‘वहुदलीय व्यवस्था ताका एमाले र कांग्रेसको टक्कर थियो र यस्तै खालका आत्माघाती आतंकहरु हुन्थे । आफ्नाबीचको सम्वन्ध टुटाउने कृयाकलाव हुन्थे ।

मान्छेलाई पशु बनाएर बोल्न लगाउने, कतै एक अर्काको मलामी नजाने , विपक्षीकोमा मोरो प¥यो भने प्रतिपक्ष रमाउनले जस्ता कृयाकल्व हुन्थे । तर जव दश वर्षे जनयुद्ध भयो तव माओवादीको आतंकका सामु कांग्रेस एमाले एकै ठाउँमा उभिएको शक्ति बनेको हो । जव २०७० पछि को चुनाव यता माओवादीलाई यिनै दुई शक्तिहरुले साईजमा ल्याएर मतान्तरमा धेरै पछाडी पारे तव फेरी कांग्रेस र एमाले विच पुनः २०४६ को जस्तै एक अर्कामा आत्माघाती खेलहरु सुरु भएको संकेत यो यडियो आतंकले देखाएको छ ।

माओवादीले वरु युद्ध नै घोषणा गरेर केहि हाम्रा साथीहरुलाई मा¥यो, कुट्यो त्यसको दुखाईभन्दा एमालेजनको यो पछिल्लो् अडियो आक्रमणका्े असर बढि भएको छ । एमालेका ति नेतामाथि लक्षित आक्रमण पनि निन्दनीय छ । पैसा बुझेको भनिएका व्यक्तिले नै कसैको करकावमा अडियो काण्डा सार्वजनिक गरिएको खुलासा गरी सकेका छन् । काग्रेस या एमालेले दुवैले गरेको यो अडियो आतंक निन्दनिय छ । अडियो आतंक नै गर्ने हो भने पार्टी रहने त कुरै न गरौं अब आफ्ना आफनाबीच नै हानमारको स्थिति सिर्जना हुनेछ ।

कमेन्ट गर्नुहोस्