नायिका कंगना रनोटको निधारमा गम्भीर चोट, अस्पताल भर्ना

मुम्बई, बलिउड अभिनेत्री कंगना रनोटको निधारमा तलबारले चोट लागेको छ । आफ्नो नयाँ चलचित्र ‘मणिकर्णिका–द क्वीन अफ झाँसी’ को शुटिङका क्रममा उनी घाइते भएकी हुन ।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार, हैदरबादमा तलबारबाजीको एउटा दृश्य छायांकन गरिरहेको बेला उनको आँखामाथिको भागमा चोट लागेको थियो । कंगनालाई अस्पताल भर्ना गरिएको छ ।

कंगनालाई केही दिन परीक्षणमा राखिने बताइएको छ । कंगनाले उक्त दृश्य आफैले अभिनय गर्ने बताएपछि यसका लागि ‘अर्को मान्छे (डबल बडी) नराखेर कंगनाले नै वास्तविक लडाई गरेकी थिइन । उक्त दृश्यको धेरैपल्ट रिहर्सल गरिएपनि अन्तिम छायांकनको समयमा भने कंगना आक्रमणका क्रममा झुक्न सकिनन् र निहार पण्डयाको तलबार उनको निधारमा ठोक्किन पुग्यो ।

अर्को हप्ता डिस्चार्ज गरिने बताएपनि चोटको निशान भने नहट्ने चिकित्सकहरुले बताएका छन् । कंगनाले आगामी दिनको छायांकनमा उक्त घाउको चिन्ह मेकअपले नढाक्ने बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्