राख्दै गरेको बम विष्फोट भएपछि ७ जना ठहरै

काबुल । अफगानिस्तानमा बम विष्फोटमा परी ७ जनाको ज्यान गएको छ ।

नान्गाहार प्रान्तमा इस्लामिक स्टेटका ७ जना आतंकवादी बम विष्फोटमा परी मरेका हुन ।

सडकको किनारमा बम राख्दैगर्दा विस्फोट भएको सुरक्षाकर्मीले बताएका छन् ।

जडान गर्दै गरेको अवस्थमा बम विस्फोट भएको थियो । आतंकवादीहरुले सुरक्षा बललाई लक्षित गरेर बम जडान गर्न खोजिरहेको बिबिसीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्