माओवादी बैठक: सकिएन आज पनि छलफल, १९ जनाले पोखे गुनासो

काठमाडौं साउन ५ । राजधानीमा जारी नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा नेताहरुले गुटको अन्त्य, संगठन पूनर्संरचना, सशक्त संगठन निर्माण गरी आगामी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

साउन २ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठककोे चौंथो दिन पनि नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गरेका थिए ।

आजको बैठकमा छिमिदोर्जे लामा, कुमारी मोक्तान, कृष्णध्वज खड्का, लक्ष्मण जैसी, हरिबोल गजुरेल, राम कार्की, सुरेश आले, ओम शर्मा, घनश्याम यादव, हिमाल किराँती, खगेन्द्र सेन, राजकुमार शर्मा, हरि दाहाल, दिनेश पन्थी, महेश्वर गहतराज, तिलक शर्मा, विश्वनाथ साह, राजकाजी गुरुङ र सूर्य सुवेदी गरी १९ जना नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गरेका थिए ।

शुक्रबार बस्ने सचिवालय बैठकमा अध्यक्ष कमरेड प्रचण्ड लगायतका शीर्ष नेताहरुले बैठकका क्रममा उठेको विषयको जवाफ दिने कार्यसूची छ ।

कमेन्ट गर्नुहोस्