बारहसिङ्गाको ७० किलो रगत जमा गरेर नुहाए रुसी राष्ट्रपतिले, चौतर्फी निन्दा

मास्को, रुसी राष्ट्रपति भ्लादमिर पुटिन विवादमा तानिएका छन् । यसपटकको विवाद भने राजनीतिक नभएर उनको नीजि शौखका कारण सिर्जना भएको हो ।

पुटिनले जवान बन्नका लागि संरक्षण समूहमा पर्ने बारहसिङ्गाको रगतले नुहाउने गरेको सार्वजनिक भएपछि उनी झन विवादमा तानिएका हुन ।

उमेरले ६४ वर्ष पुगेका पुटिनले हालैमात्र साइबेरियामा बारहसिङ्गाको रगत जमा गरेर नुहाएको तस्वीर सार्वजनिक भएपछि विश्वभरीका अधिकारकर्मीहरुले निन्दा गरेका छन् ।

समाचार अनुसार, बारहसिङ्गाको सिङबाट निस्किने रगतबाट नुहाउन उनी अल्ताई पहाडमा गएका हुन् । पुटिनलाई बाथटबमा आनन्दपूर्वक नुहाउनका लागि बारहसिङ्गाका ७० किलो सिङ्ग काटिएका थिए ।

रुसी समाजको यो बर्बर परम्परामा बारहसिङ्गाका सिङ काटेर रगत जम्मा गरिन्छ । यो रगतलाई बोतलमा भरेर बेचिने समेत गर्दछ । यो रगतले नुहाएमा रोगहरुको निको हुनुका साथै यौन क्षमता समेत बढ्ने गर्दछ भन्ने मान्यता रहीआएको छ । यसअघि सन् २०१५ पनि पुटिनले साइबेरियाको यात्राका क्रममा यसै रगतले नुहाएका थिए ।

कमेन्ट गर्नुहोस्