नक्कली भिसा काण्डमा दलालसँग अद्यागमनकै कर्मचारीको मिलेमतो, युएइमा नेपाली अलपत्र

सुसान आचार्य/युएइ
वैदेशिक रोजगारीका लागि काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीलाई नक्कली भिसामा श्रम स्वीकृति दिइएको रहस्य खुलेको छ ।

मकवानपुर स्थाइ ठेगान भएका अरुण नेगीको पासपोर्टमा युएईस्थित ट्रान्सगार्ड सेक्युरिटी कम्पनीको नाम लेखी १६ सय ५१ दिराम तलब उल्लेख गरी श्रमको नक्कली स्टिकर समेत टाँसिएको भेटिएपछि यसको खुलासा भएको हो ।

नेपाली दूतावास युएइले छानबिन गर्दा राम्रो काम र राम्रो तलब सुबिधा हुने आश्वासन देखाइ अर्थ लाइन ट्राभल्सले नेगि सँग २ लाख ७० हजार रुपैयाँ लिएर श्रमको नक्कली स्टिकर टाँसी युएइ पठाएको भए पनि अध्यागमनले चेकजाँच नै नगरी छोडेको देखिएको छ ।

सामन्य पढ्लेख गरेका नेगिले आफुलाइ ट्राभल्सले झुक्याएर पठाएको बताएका छन भने यता युएइ स्थित नेपाली दूतावासले नेगिको पासपोर्टमा टासिंएको श्रमको स्टिकर छाप र हस्ताक्षर समेत नक्कली रहेको भन्दै यो घटनामा अध्यागमन भित्रका कर्मचारीको समेत मिलोमतो भएको बताएका छन ।

उक्त ट्राभल्सले विभिन्न समयमा युएइ ल्याइ युएइको मुसफा ३२ स्थित एक घरमा अलपत्र पारेका ४० नेपाली मध्य २० जना नेपालीले युएइ स्थित दूतावासमा आफुहरु पीडित भएको निवेदन दिएपश्चात् छानबिन गर्दा नेपालबाट नै सेटिङमा युएइ पठाएको खुल्न आएको हो ।

यता घटना बाहिर आय सङ्गै पीडित नेपाली लाई दिनौ जसो कुटपिट गर्न तथा ज्यान मार्न धम्की दिने ट्राभल्सका युएइ एजेन्ट साजन भनिने प्रेम पान्डेले दूतावासका कर्मचारी र प्रसासनसँग आफ्नो मिलोमतो भएको बताउँदै दूतावासका केहि कर्मचारीसँग सधै जसो फोन सम्पर्क गर्न गरेको पीडितले बतायका छन ।

यस्तै अलपत्र परेका २० जना मध्य पाँच जना अबैधानिक बनी सकेको र युएइको अध्यागमनलाई बुझाउनुपर्ने जरिवाना रकम समेत झन्डै नेपाली २लाख ५० हजार सम्म पुगेको हुदा एजेन्टले जरिवानानै नतिरी पीडितलाइ युएइ ब्यन्ड नै गरेर पठाउने तयारी गरेको पीडितको भनाइ रहेको छ ।

दूतावासमा निवेदन हालेको दुई हप्ता पुग्दा समेत दूतावासले कुनै चासो नदिएको तथा आफुले कारबाही गर्न नसक्ने बतायपछि अलपत्र परेका २० नेपालीको युएइमा बिचल्ली भएको छ । घटनाबारे नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी भएपनि उद्दारका लागि पहल भएको छैन ।

File Photo

कमेन्ट गर्नुहोस्