मुख्यसचिव सुवेदी पदमुक्त, अतिरिक्त दरबन्दी खारेज

काठमाडौं, साउन ५ । सरकारले चौतर्फी आलोचनापछि मुख्यसचिव डा. सोमलाल सुवेदीलाई पदमुक्त गरेको छ । उनैका लागि सृजना गरिएको अतिरक्ति मुख्यसचिवको पद पनि खारेज गरिएको छ ।

जनस्तरदेखि संसदसम्म बढी पेन्सनको लोभमा मुख्यसचिव पदमै रहेर एडिबीको जागिर खान जाने उनको चाहाना र सरकारको स्वीकृतीको व्यापक विरोध भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव डा सुवेदीले दिएको राजीनामा स्वीकृत गर्नाका साथै उनका लागि सृजना गरेको अतिरिक्त दरबन्दी पनि खारेज गरेको छ ।

साथै आजैको मन्त्रिपरिषद बैठकले भूकम्पबाट प्रभावित संरचना पुनःनिर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी दोस्रो संशोधन कार्यविधि, २०७४ स्वीकृत गरेको छ ।

साथै राष्ट्रिय जनता पार्टीले राखेका मागको बारेमा समेत छलफल भएको मन्त्री कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्