किँन घट्दै छ पहिचान पक्षधरको मत ! कहिले कति पाए ?

काठमाडौं , साउन ६ । अघिल्लो संविधानसभा निर्वाचनमा भन्दा यसपटकको स्थानीय तहको निर्वाचनमा जातीय पहिचानको मुद्दा कमजोर देखिएको छ ।

०६४ मा सम्पन्न पहिलो र ०७० को दोस्रा संविधानसभा निर्वाचनमा निकै बलशाली रहेको जातीय पहिचानको मुद्दा ०७४ को स्थानीय निर्वाचनसम्म आइपुग्दा निकै कमजोर देखिएको हो ।

०७० को संविधानसभा निर्वाचनमा ३ लाख ९२ हजार २२४ मत ल्याएका पहिचान पक्षधर दलहरूले ०७४ को स्थानीय तहको सातवटा पदमा १ लाख ३० हजार मत ल्याएका छन् । तर, यो मतमा संघीय समाजवादी फोरमको मत जोडिएको छैन । निर्वाचन आयोगका अनुसार पहिलो र दोस्रो दुवै चरणको स्थानीय निर्वाचनमा पहिचान पक्षधर दलले कुल करिब १ लाख ६० हजारजति मत ल्याएका छन् ।

एकजना मतदातले एउटै पार्टीका सातजना उम्मेदवारलाई मत हाल्ने भएकाले वास्तविक मत अझ घट्नेछ । निर्वाचन आयोगका सचिव महेश्वर न्यौपानेका अनुसार एकजना मतदाताले सातजनालाई मत हाल्ने भएकाले अहिले संकलन गरिएको मत सातै उम्मेदवारको मत संख्या हो, यसले दलको यकिन मत बताउन सक्दैन ।

तर, यो मतमा संघीय समाजवादी फोरमको मत जोडिएको छैन । निर्वाचनमा आयोगका अनुसार पहिलो र दोस्रो दुवै चरणको स्थानीय निर्वाचनमा पहिचान पक्षधर दलले कुल करिब १ लाख ६० हजारजति मत ल्याएका छन् । ०६४ को संविधानसभा निर्वाचनमा २ लाख ३ हजार ९७३ मत ल्याएका पहिचान पक्षधर दलहरूले ०७० मा करिब १ लाख मत वृद्धि गरेका थिए । तर, ०७४ मा आइपुग्दा करिब २ लाख मत घटेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

०६४ को संविधानसभा निर्वाचनमा २ लाख ३ हजार ९७३ मत ल्याएका ती दलले ०७० मा करिब १ लाख मत वृद्धि गरेका थिए । तर, ०७४ मा आइपुग्दा करिब दुई लाख मत घटेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । ०६४ मा खुलेर जातीय पहिचानको पक्षमा लागेका दलहरूको संख्या चारवटा थिए भने ०७० को निर्वाचनमा सो संख्या बढेर ११ पुगेको थियो । तर, ०७४ को स्थानीय निर्वाचनमा फेरि चारवटा दलमा झरेका छन्, नयाँ पत्रिकामा खबर छ ।

फोरमको मात्रै ११ लाख 

संघीय समाजवादी फोरमले आफूलाई राष्ट्रिय दल मान्ने गरेका कारण उसले पाएको मतलाई पहिचान पक्षधरको मत भन्न मिल्न अवस्था छैन । फोरमका अध्यक्ष उपेन्द्र यावदका प्रेस सहयोगी महेश चौरासियाले दिएको जानकारीअनुसार पहिलो चरणको निर्वाचनमा फोरमले साढे ३ लाख मत पाएको थियो । फोरमले पाएको सो मत तत्कालीन पहिचान पक्षधर संघीय समाजादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको समेत हो । त्यसैगरी, दोस्रो चरणमा फोरमले आठ लाख १४ हजार ४०३ मत पाएको छ ।

कतै शून्य मत पनि 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा फोरमले रुकुममा शून्य मत पाएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार रोल्पामा यो दलले जम्मा १३ मत मात्रै पाएको छ । यो वडाध्यक्ष मत हो । अर्घाखाँचीमा फोरमले वडाध्यक्षमा चार मत पाएको छ । डोटीमा १२ मत ल्याएको छ । यता, खम्बुहरूको बाहुल्य जिल्ला सोलुखुम्बुमा खम्बुवान राष्ट्रिय मोर्चाले वडाध्यक्षमा एक मत पाएको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले कञ्चनपुरमा अध्यक्षमा ६ मत र उपाध्यक्षमा १२ मत पाएको छ । सो पार्टीले इलाममा भने वडाध्यक्षमा मात्रै १९ मत पाएको छ ।

कमेन्ट गर्नुहोस्