सुशासन, पारदर्शिता र सञ्चार मुखी बन्ने जनप्रतिनिधीहरुकाे संकल्प

नेपालगन्ज  साउन ६ । स्थानीय तहलाई सुशासन र पारदर्शितासगै सञ्चार मुखी बनाउनु पर्नेमा जोड दिइएको छ ।

अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति नेपालगन्जद्धारा आयोजित नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा भेटघाट कार्यक्रमका सहभागिहरुले स्थानीय तहका सेवाको प्रभावकारितासंगै सुशासनमा जोड दिनुपर्ने बताएका थिए ।

उनीहरुले स्थानीय तह र सञ्चारको समन्वय बलियो बनाउनुपर्नेमा जोड दिदै समुदायको विकास तथा जानकारीहरु बढी भन्दा बढी मिडियासंग जोडनुपर्ने बताएका थिए । स्थानीय तहमा समाबेशी मुलक पत्रकारहरुको सहभागिता अपरिहार्य रहेको कुरा समेत औल्याइएको थियो ।

कार्यक्रममा नेपालगन्जका पुर्व मेयर विजय गुप्ताले पहिला परिकल्पना गरिएका योजनालाई पुर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने बताउदै नगरको विकासमा जो कोही पनि बाधक बन्न नहुने बताउनुभयो । उहाँले अवधी भाषा, कला संसकृतिको विकास गर्न जरुरी रहेको भन्दै समाबेशीमुलक योजनाको निमार्ण गर्न सुझाव दिए ।

कार्यक्रममा नवनिर्वाचित उपमेयर उमा थापा मगरले नगरको समग्र विकासका लागि यो टिम सधै लाग्ने विश्वास गर्दै केही योजनाको कार्यन्वयन तत्काल शुरु गरिएको जानकारी दिए ।  पत्रकारिताको पृष्ठभुमिबाट आएकाले पत्त्रकारहरुका विभिन्न समुह संगठनको पिडा मलाई थाह छ, त्यसप्रति पनि मेरो विशेष ध्यान पुग्छ उनकाे भनार्इ छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरेले भने  मिडिया कसैको पछाडी लाग्दैन, निस्वार्थ रुपमा आफना् मुल्य मान्यता अनुसार नै अघि बढने हो, जनप्रतिनिधीहरुले विकासका मुद्धा लिएर अघि बढनुपर्ने भन्दै उनले त्यसमा मिडियाको समेत साथ हुने विश्वास व्यक्त गरे ।

डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले अवधी पत्रकार संघको जन्मदाता नै मेरो कार्यक्षेत्रबाटै शुरु भएकाले पहिला अवधी समुदायको विकास तथा सञ्चारसंगको समन्वयको कार्य पहिलो प्राथमिकतामा रहेको बताए ।

जानकी गाउँपालिका प्रमुख राम निवास यादवले आफनो गाउँपालिका मधेशी तथा अवधी भाषी क्षेत्र भएकाले त्यसको विकास तथा मिडियासंगको सहकार्य निरनतर अगाडी बढाउने प्रतिबद्धता गरे  ।

 

कमेन्ट गर्नुहोस्