दिल्ली प्रहरीले धनगढिबाट पक्राउ गर्यो ४ जना, अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोप

धनगढ़ी , साउन ६ ।  सामाजिक सञ्जालको दुरुपयोग गरी नेपाली महिलाको चरित्रहत्या गर्ने कार्य गरेको अारोपमा दिल्ली प्रहरीले नेपालको धनगढ़ी बाट तीन जना पुरुष एक भारतीय युवती समेत लाई पक्राउ गरेको छ।

नेपाली महिलालाई नशालु पदार्थ खुवाइ अश्लील भिडियो बनाएर त्यसैका आधारमा बारम्बार धम्क्याइ रकम तथा गरगहना ठगी गरेको आरोपमा दिल्ली प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकको गलत दूरुपयोग गरी त्यसैमार्फत दिल्लीको चिराग दिल्लीमा एक फ्लैट लिएर फेक आडी बनाएर सामाजिक सञ्जाल मार्फत लूटपाट गर्ने गोरख घन्दा गरेको कुरा दिल्ली प्रहरीलाई निवेदनमा जानकारी गराएको छन । दिल्ली प्रहरीमा पीड़ित महिलाले उजूरी गरिएकी थिए ।

काल्पनिक नाम रीना बर्ष २५ बताउने पीड़ित नेपाली महिलाको नेपाल घर बैतड़ी बताउने र दिल्लीमा आफ्नो परिवार सङ्ग चार बर्ष देखी बस्दै आयेको छन । पीडित महिलालाई एक महिलासँग बाट फोन नम्बर लिएर बारम्बार फोन गर्ने गरेका थिए ।

पछि विभिन्न बाहाना बनाएर कोठामा बोलाइ नशालु पदार्थ खुवाएर अश्लील भिडियो खिचेर त्यसैका आधारमा महिलासँग रकम असुली गर्ने र नदिए भिडियो सार्वजनिक गरिदिन्छु भनेर मानसिक यताना समेत दिने गरेको पीड़ितले जनाएको छ।

पीड़ित महिलाले यिनी अपराधीलाई कड़ा भन्दा कड़ा कारवाईको माग गरेकी छन  ।

कमेन्ट गर्नुहोस्