‘प्रचण्डको वरिपरि घुम्नेले पार्टी बिगारे’- सचिवालय बैठक

काठमाडौं ,साउन ६ ।  नेकपा माओवादी केन्द्रको चार दिनदेखि जारी जिल्ला इन्चार्जसमेत सम्मिलित पार्टी सचिवालय सदस्यहरुको विस्तारित बैठकमा निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कै वरिपरिका नेताहरुसहित केन्द्रीय नेताहरु जिम्मेवार रहेको आरोप लागेको छ ।

स्थानीय तहको निर्वाचन, आगामाी निर्वाचनको तयारी तथा पार्टी संगठनको विषयमा समीक्षा गर्न सोमबारदेखि जारी बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुले अध्यक्ष प्रचण्डका वरिपरि घुम्ने नेताहरुले तल्लो तहका कार्यकर्ता तथा जनाका समस्या सही रुपमा अध्यक्षसम्म नपु¥याएको र आफूहरु पनि जनतासम्म नगएको भन्दै अध्यक्षपछिका दोस्रो तहका नेताहरुको आलोचना भएको हो ।

‘अध्यक्षको वरिपरि घुम्नेहरु धेरै भए, अध्यषको ढोका चहार्ने तर जनतामा पटक्कै नजाने प्रवृत्ति बढ्यो, उनीहरुले तल्ला तहका कार्यकर्ताको समस्या माथि पु¥याएनन्,’ एक नेताले बैठकमा भने, ‘ती नेताहरु अध्यक्षको ढोका चहारेर मात्र बसेर भएन, जनतासम्म जान पर्यो ।’

ती नेताले घुमाउरो शैलीमा अध्यक्षको वरिपरि घुम्ने बिचौलिया जस्तै समूह खडा भएको र अरुलाई अध्यक्षसम्म जाने बाटोमा रोक लगाउने र आफूहरु पनि केही नगर्ने प्रवृत्तिको विकास भएको भन्दै आलोचना गरेका थिए,राजधानी मा खबर छ ।

कमेन्ट गर्नुहोस्