डोटीमा पहिरोले घर बगाउँदा बालिकाको मृत्यु, दुईको अबस्था गम्भीर

दिपायल डोटी, साउन ६ । वर्षाका कारण पहिरो आउँदा डोटीमा एक जनाको मृत्यु भएको छ ।

वर्षाका कारण आएको पहिरोले साबिकको छपाली बिनेपडा गाबिस र हालको सायल गाउँपालिका वडा नं. १ का हरिमल भुलको घर बगाएको हो । घर बगाउँदा उनकी ३ बर्षिया छोरी मनिसा भुलको मृत्यु भएको छ  ।

घरमुली हरिमल र उनकी श्रीमती जमुना भूलको भने अबस्था गम्भिर रहेको स्थानीय प्रेम नेपालीले बताए । राति सुतीरहेको अवस्थामा एक्कासी पहिरो आउँदा उक्त घटना भएको हो । हरिमलको ५ जनाको परिवारमा १ छोरा र १ छोरीलाई भने कुनै चोटपटक नलागेको बताइएको छ ।

घाइतेहरुलाई स्थानीय छपाली स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात धनगढी अस्पताल लगिँदै छ । घरमा चौपायाहरु सहित सिंगो घर नै भत्किएको छ । डौड प्रहरी चौकीबाट घटनाको बिबरण बुझ्न प्रहरी टोली त्यसतर्फ जाँदै छ ।

कमेन्ट गर्नुहोस्