किन भयाे माअाेवादी कमजोर ?

केदारनाथ नेपाल (निश्चल)

संविधान सभाबाट संविधान जारी भएपश्चात् भर्खरै मात्र स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । जुन निर्वाचन नेपाली राजनीतिको महत्वपूर्ण र संघर्षमय इतिहास बोकेको नेकपा माओवादी केन्द्रको आफ्नै नेतृत्वमा पहिलो र उसैको सहयोगमा काङ्ग्रेसको नेतृत्वमा दोश्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सबै एजेण्डा माओबादीको हो तर, स्थानीय निर्वाचनमा भने नेकपा माओबादी केन्द्रलाई अत्यन्तै कमजोर स्थितिमा देख्नुपर्यो । कुनै समय संसदीय ब्यबस्थामा तेश्रो शक्तिको अवस्थामा रहेको सो पार्टी आज पुनः तेश्रो शक्तिको हैसियतमा झरेको छ ।

केदारनाथ नेपाल (निश्चल)

नेतृत्वले तरवारको धारमाथीको यात्रा गरेकै कारण सात दशकअघिदेखिको आफ्नै जनप्रतिनिधिद्वारा संविधान लेख्ने जनताको चाहाना माओबादीले दुई दशकमै पूरा गरिदियो । यसबाट पनि प्रस्ट हुन्छ कि माओबादी पार्टी र त्यसमा रहेका नेताहरु चुनौतिहरुलाई सजिलै पार लगाउन सक्छन् । तर, देशको लागि तरवारको धारमाथीको यात्रा गरेका माओवादीको एजेण्डा देश र जनताले स्विकार गरिसक्दा पनि उहीहरुले सञ्चालन गरेको संगठन आज किन कमजोर अवस्थामा आईपुग्यो, किन पत्याएनन् जनताले उनीहरुलाई ? यसमा नेतृत्व र कार्यकर्ताको के कस्ता कमजोरी देखिए ? यस लेखमा पङ्क्तिकारले कसरी माओबादीलाई शक्तिशाली बनाउन सकिन्छ, पार्टी कमजोर हुनुमा आन्तरिक र बाह्य रुपमा के–कस्ता कमजोरी छन् भन्ने बिषयमा आफ्नो बिचार पस्कने प्रयास गरेको छ ।

किन जनताबाट एक्लियो माओवादी ?

युद्धरत अवस्थाबाट शान्ति प्रक्रियामा आउँदासम्म माओबादीसँग एजेण्डाको भारी थियो । तर, बिस्तारै माओबादीले आफ्नो झोलाबाट एजेण्डा चुहिएको पत्तै पाएन । त्यसैकारण पनि माओबादी क्रमशः जनताबाट एक्लिदै गयो ।

परिवर्तनको दौरानमा गल्ती सबैको हुन्छ । माओबादीका पनि केहि गल्ती भएहोलान् अझ भनौ जसले समाजलाई परिवर्तनको बाटोमा सबैभन्दा बढि गल्ती उसबाट हुन्छ । माओवादी बाट देशलाई घाटा हुने त्यस्ता कुनै गल्ति भएनन् । तर, अरुले गरेको नराम्रो कामको बिरोध त परै जाओस् , आफुले गरेको राम्रो कामको प्रचार समेत गर्न सकेन माओबादीले ।

अन्य दलहरुले अपराधीक गतिबिधिमा संलग्न ब्यक्तिहरुलाई संरक्षण गरिरहँदा, माओबादीले भने नेतृत्वको एक आदेशमा देशको लागि बलिदान दिन तयार आफ्ना सोझा साझा कार्यकर्ताको समेत सुरक्षा गर्न सकेको देखिएन र पछिल्लो समय पार्टीलाई ठूलो बनाउने नाममा अन्य पार्टीमा रहँदा बद्नाम भएर कुहिएकाहरुलाई पार्टीमा भित्र्याउने काम समेत नेतृत्वले गर्यो जुन पार्टीको लागि घातक थियो ।

याे पनि पढ्नुस  कञ्चनपुरको पुनर्वासमा माओवादी केन्द्र अगाडि

जनयुद्ध सुरुवात गर्दा सानो टिमले गरेको थियो । तर, अहिले आएर गतिशिल ब्यक्तिहरुको सानो टिमले पनि सजिलै लक्ष्य हाँसिल गर्न सक्छ भन्नेकुराको हेक्का नेतृत्वले राख्न सकेन ।

गुणात्मक भन्दा सङ्ख्यात्मक रुपमा पार्टीलाई ठूलो बनाउन लागियो त्यसैकारण आज माओबादीमा ४,००० केन्द्रिय सदस्य छन् । केन्द्रीय नेताहरुले कार्यकर्ताको कुरै सुन्दैनन् । नेताहरु सबै केन्द्रमै सिमीत रहनु र गाँउमा संगठन निर्माण नगर्नुले पनि माओबादीले निर्वाचनमा पराजय बेहोर्नुपर्यो ।

पटकपटक गल्ली गरिरहने तर गल्ति भएको स्वीकार नगर्ने प्रबृत्ति अहिले माओबादी भित्र हाबी छ । अब पनि नेतृत्वले त्यस्ता ब्यक्तिहरुलाई कारबाही गर्न ढिलाई गरेमा त्यसले पार्टीलाई धराशायी बनाउने निश्चित छ ।

पटकपटक गल्ली गरिरहने तर गल्ति भएको स्वीकार नगर्ने प्रबृत्ति अहिले माओबादी भित्र हाबी छ । अब पनि नेतृत्वले त्यस्ता ब्यक्तिहरुलाई कारबाही गर्न ढिलाई गरेमा त्यसले पार्टीलाई धराशायी बनाउने निश्चित छ । गल्ति गर्नेहरुले पनि आफ्नो गल्ती स्वीकार गर्दै आ–आफ्नो जिम्मेवारीबाट राजिनामा दिएर सक्षम ब्यक्तिहरुको नयाँ गतिशील गाँउ, नगर प्रदेश र केन्द्रिय समिति निर्माण गरेर अघि नबढे माओबादी केन्द्रको अवसान हुन समय लाग्दैन ।

शान्तिप्रकृयामा आउँदै गर्दा नेतृत्वले गल्ती गरेकै हो । २०६३ मंसीर ३ गते सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा “दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो” भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गरे । संसदिय ब्यबस्थालाई प्रधान शत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदिय ब्यबस्थालाई नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओबादी आत्मसमर्पणबादको बाटोमा लागेको पुष्टि हुन्थ्यो । त्यसै क्रममा जनमुक्ति सेनाको विघटन गराइयो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधान सभाको कार्य दिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान सभामा भाग लिएर संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढि संख्या रहेको संविधानसभालाई माओबादीकै सरकार रहेको बेलामा बिगठन गराईयो ।

त्यतिमात्र होइन पार्टीभित्र रहेका क्रान्तिकारी धारलाई पाखा लगाएर आत्मसमर्पणवादी समूहलाई बलियो बनाउने काम नेतृत्वले गर्यो । यसले पनि जनतामा माओबादी प्रतिको मोह क्रमशः घट्दै गएको थियो ।

याे पनि पढ्नुस  माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस

पछिल्लो समय माओबादीहरु व्यक्तिवादी, पदवादी, गुटवादी, पदलोलुप भए । जनयुद्धमा जस्तो जनतासँग नजीकिन सकेनन् । अझ केन्द्रमा बसेर गुट बनाएर नेतृत्वसँग बार्गेनिङ गर्ने प्रवृति पार्टीमा झांगिदै गयो । संगठन सुदृढ गर्न सयौ पटक बैठक बसेपनि सुधार हुनसकेन । केन्द्रदेखि जिल्लासम्म सबै संगठन अहिले पनि भद्रगोल अवस्थामा छन् । अर्कोतर्फ संगठन निर्माणको लागि खट्ने कार्यकर्ता गाउँमा छैनन् । साँच्चै भन्ने हो भने स्थानीय निर्वाचनमा कतिपय स्थानमा माओबादीले योग्य उम्मेदवार नै पाउन सकेन । सबै कार्यकर्ता सहरमुखी बने, जनयुद्वमा जिउज्यान फ्यालेर पार्टीको लागि खटेका कार्यकर्ताको व्यवस्थापन शान्ति प्रकृयामा आएपश्चात् नेतृत्वले गर्न सकेन । पुँजिपति बर्गले पार्टीमा प्रसस्त ठाउँ पाए । त्यसैकारण युद्धमा साथ दिएकाहरु विस्थापित हुन पुगे आफ्नै कार्यकर्ता र जनयोद्वाहरुको समेत बिश्वास गुमाउँदै गएको स्थितिमा जनताको मन जित्नसक्ने कुरै थिएन ।

माओबादी जनताबाट एक्लिनुमा सबैभन्दा ठूलो कमजोरी नेतृत्वकै रहेको छ । पार्टीलाई ठूलो बनाउने नाममा ४००० केन्द्रीय सदस्य बनाउनु र दर्जनौ ब्यक्ति केन्द्रिय सदस्य रहेको जिल्लामै एउटा वडा समेत माओबादीले नजित्नुले पनि नेताहरु पार्टीको लागि होईन आफ्ना लागि गर्छन् भन्ने प्रस्ट हुन्छ ।

पछिल्लो समय पार्टीभित्र कसरी जनतामा जाने भन्दापनि कसरी पार्टीमा आफूलाई स्थापित गराएर फाईदा लुट्ने भन्नेमा नै नेताहरु बढी केन्द्रित हुन पुगेको देखिन्छ । अर्कोतर्फ नेतृत्वको चाकरी गर्ने र आफ्नालाई प्राथमिकतामा राख्ने प्रवृत्ति मौलाउँदै गएको छ । नेतृत्वको नजिक भएपछि संगठन निर्माण गर्नुनपर्छ भन्ने मानसिकता उपल्लो स्तरका नेतामा रहेको पाईदैन । यस्ता प्रबृत्तिलाई जरैदेखी उखेलेर नफ्याकेसम्म पार्टी सुध्रनेवाला छैन ।

अहिले माओबादी आन्दोलन कमजोर हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने, सोचराखी पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने ,जडसुत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो । भने, आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो ।

अन्त्यमा, हेडक्वाटरमा निर्वाचन समिक्षा गर्दै गर्दा कतिपय ब्यक्तिले नेतृत्वलाई गलत रिपोर्टिङ गरेको समाचार बाहिरियो । ८५ स्थानमा माओबादी दोश्रो स्थानमा रहेको रिपोर्ट आयो त्यसमध्ये करिब २५ स्थानमा चुनाव चिन्हको कारण निर्वाचन हारेको मनगणन्ते रिपोर्टिङ गरेको कुरा समेत बाहिरिन आयो । बास्तवमा माओबादीले बाह्य रुपमा कुनै पनि कारणले चुनाब हारेको थिएन । पार्टी नै आन्तरिक रुपमा कमजोर हुँदा निर्वाचन हारेको स्वीकार सबैले गर्नैपर्छ । र, आगामी निर्वाचनको लागि संगठन निर्माणमा जुट्नुपर्छ । आजको पराजयले भोलिको विजयको लागि शिक्षा दिएको छ । नयाँ ढंगबाट पार्टी निर्माण गरेर अघि बढ्नेहो भने आगामी दिनमा पक्कै पनि केहि ठाउँको नतिजा बद्लिएर माओबादीतर्फ आउने निश्चित छ ।

याे पनि पढ्नुस  देशैभरिका केन्द्रीय र जिल्ला नेतालाई स्थानीय चुनावमा खटिन माओवादीको निर्देशन

अहिले माओबादी आन्दोलन कमजोर हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने, सोचराखी पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने ,जडसुत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो । भने, आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो ।

अहिले युद्ध गरेर ल्याईएको उपलब्धी लगभग संस्थागत भैसकेको अवस्था छ । माओबादीहरुले घुमाउरो पाराले आफ्नो हार स्वीकार गरिसकेका छन् र भन्दैछन् अंकगणितिय रुपमा निर्वाचनमा पराजित भएपनि हामिले एजेण्डामा जितेका छौ । हो माओबादीको एजेण्डामा देश र जनताले जितेका छन् । तर, स्वयम् माओबादी पार्टी भने आज किन कमजोर बन्यो त्यो अबको समिक्षाको बिषय बन्नुपर्छ र शक्तिशाली माओबादी पार्टी गठन गर्नुपर्छ । त्यसो नगरी प्रचण्ड, बाबुराम, विप्लव र वैद्यले उन्मुक्ति पाउदैनन् । जनयुद्धमा बगेको शहिदको रगतको उच्च सम्मान गर्दै तत्कालिन समयमा आम नेपालीलाई देखाएको सपनाहरु पूरा गर्न अब प्रचण्डले सबै सबै विकल्पहरु खुला राखी पुर्व माओबादी नेताहरुलाई मिलाएर शक्तिशाली माओबादी पार्टी निर्माण गर्नुको विकल्प छैन ।

कमेन्ट गर्नुहोस्