साउन ६ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षा जाँच चौकीमा आतंककारी हमला हुँदा १६ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।
तालिवान समूहले गरेको सो आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीसहित अन्य सात जना सुरक्षाकर्मीसमेत घाइते भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत मारिएको दाबी गरेका छन् ।
केही तालिवानीलाई पक्राउसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।
कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता जिया दुरानीले घटनाको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेको जनाइएको छ ।