यू-१९ विश्पकप छनौटः नेपालले दियाे सिगांपुरलाई १६९ रनको लक्ष्य

काठमाडौं । सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा जारी आईसीसी यू–१९ विश्पकप छनोटको खेलमा नेपालले सिंगापुरसामू १६९ रनको लक्ष्य पुरा गर्ने चुनौती दिएको छ ।

शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको हो ।

नेपालले २० रन जोड्दा पहिलो विकेटका रुपमा अनिल साहलाई व्यक्तिगत ७ गुमाएको नेपालले थप १२ रन जोड्दा प्रनिथ थापामगर ८ रन जोडेर आउट भएका थिए भने आशिफ शेख पनि ७ रनमै आउट भए ।

लगातार ३ खेलमा चल्न नसकेका उनले शुक्रबार सिंगापुरविरुद्ध भने ५५ बलमा २ चौका र १ छक्का हानेका थिए । अफगानिस्तानसंगको हिजो भएको खेलमा नेपालले सबै विकेट गुमाएर ४९ रन मात्र बनाएको थियो ।

कमेन्ट गर्नुहोस्