मध्यरातकाे पहिरोमा पुरिएर बालिकाको ज्यान गयो, अन्य दुई घाइते

डोटी, साउन ६ । अबिरल वर्षाका कारण आएको पहिरोमा परी एक बालकको पुरिएर ज्यान गएको छ । डोटी सायल गाउँपालिका–१ स्थित साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर बिहीबार आएको पहिरोले भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको पुरिएर
घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाइते भएका स्थानीयबासीले बताएका छन् ।

घरमा सबै सुतिरहेका बेला मध्यरातमा घरमाथिबाट पहिरो आई घर भत्काएको थियो । घर भत्कँदा घरपालुवा पशु चौपाया सबै च्यापिएर मरेको प्रहरीले जानकारी दिएको छ ।

गम्भिर घाइते भुल दम्पतीलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । भुलका एक छोरा र एक छोरी भने सकुशल छन् ।

कमेन्ट गर्नुहोस्