सचिवालय वैठकमा आज प्रचण्डले बोल्ने

काठमाडौं, साउन ६ । माओवादी केन्द्रको सचिवालय बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्दैछन् । एकसातादेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारीे सचिवलाय बैठकमा देशभरका इन्चार्जहरुले निर्वाचनको समीक्षाबारे रिपोर्ट प्रस्तुत गरेका थिए ।

इन्चार्जहरुले चुनावी रिपोर्ट प्रस्तुत गर्ने क्रम सकिएकाले आज अध्यक्ष प्रचण्डले बोल्ने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छिन् ।

आजको वैठकमा अध्यक्ष प्रचण्डले भावी रणनीति समेटिएको प्रस्ताव पेश गर्ने छन् भने उक्त प्रस्तावमाथि आजै छलफल हुने पनि प्रवक्ता भुसालले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्