गृहमन्त्रीको ठाडो आदेशमा छोरी कुट्ने बाबु पक्राउ, उजुरी नलिने प्रहरी कारवाहीमा

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनपछि छोरीलाई र्निघात कुट्ने रुपन्देही सम्मरीमाई–६ का इन्दल यादवलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले यो घटना दर्ता नगर्ने प्रहरी निरीक्षक उदयसिंह सिजापतीलाई विभागीय कारवाही गर्ने भएको छ ।

गृहमन्त्री शर्माले सम्बन्धित निकायलाई सो घटनाका सबै दाषीहरुलाई आवश्यक कारवाही गर्न समेत निर्देशन दिएका हुन् ।

रुपन्देहीमा बालविवाह भएकी एक युवतीले अर्का युवासित प्रेम गरेको विषयमा युवतीका आफन्तले सार्वजनिक रुपमै उनीहरुलाई निर्घात कुटपिट गरेको भिडियो बुधबार सामाजिक सञ्जालहरुमा भाइरल भएपछि गृहमन्त्रालयको त्यसतर्फ ध्यानाकर्षन भएको गृहमन्त्रीका प्रेस सल्लाहकार लक्ष्मी पुनले जानकारी दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहका अनुसार छोरी कुट्ने बाबु इन्दल यादवलार्इ बिहीबार राति १२ बजे नै पक्राउ गरिएको छ ।

सो घटनमा संलग्न अन्य युवतीका ठूलो बुवा लालमन यादव, उनकी श्रीमती, दा दिनेश यादव र छिमेकी पशुपति कोइरीको खोजी भइरहेको छ ।

प्रहरी उपरीक्षक रविन्द्र धानुकले कानुनी कारवाही नचलाएका कारण प्रहरी निरीक्षक उदयसिह सिजापतीलाई विभागीय कारवाहीको सिफारिस गरिएको बताए । उपरिक्षक धानुले प्रहरी घटनास्थलमा नभएको तर पछि त्यहाँ पुगेको बताए ।

कुटिएकी १७ बर्षीया पीडित र वर्ष १९ का दिनेश लोधलाई सुरक्षाको खतराका कारण प्रहरी चौकीमै राखिएको छ । घटनाका पीडित मनिता यादव बालविवाह भएकी युवती हुन भने प्रेमी दिनेश लोध विवाहित दलित हुन् ।

कमेन्ट गर्नुहोस्