घिमिरेले भने-अन्नपूर्णलाई जति दिन थियो सबै दिए

काठमाडौं, साउन ६ । वरिष्ठ पत्रकार एवम अन्नपूर्ण पोष्ट दैनिका प्रधानसम्पादक युवराज घिमिरले आफ्नो पदबाट राजीनामा दिएका छन ।

विगत तीन वर्षदेखि अन्नपूर्ण पोष्टको प्रधान सम्पादक रहि कार्य गर्दै आएका घिमिरेले हिजो राजीनामा दिएको तर आज त्यो प्रकिया गएको बताए । ‘हो मैले राजीनामा दिएको, उनले एभेरेष्ट दैनिकलाई भने, ‘जुलाई १ मा मेरो तीन वर्ष पुग्यो । सामान्यतय एउटा मिडियामा २ ३ वर्ष काम गर्ने अभ्यास छ त्यसैले मैले राजीनामा दिए ।’

घिमिरेले तत्कालका लागि आफ्नो कुनै नयाँ योजना नभएको बताए । मालिकहरुको दवावमा राजीनामा दिनु भएको हो भन्ने प्रश्नमा घिमिरेले भने, ‘तीन वर्ष मैले अन्नपूर्णमा काम गरे, जति दिन सक्थे त्यो सबै दिए । काम गर्दासम्म मलाई कहिकत्तैबाट दवाव आएन । राजीनामा आफ्नै खुशीले दिएको हुँ ।’

कमेन्ट गर्नुहोस्