प्रेम गरेकै नाममा युवती कुट्ने पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

रूपन्देही, साउन ६ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ केही समय पहिलो भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।

तल्लो जातको युवक दिनेश बोधसँग प्रेम सम्वन्ध राखेको भन्दै युवती मीना यादललाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गृहमन्त्रीको टाडो निर्देशनमा रुपन्देही प्रहरीले फास्ट ट्रयाकबाट घटनाको छानबिन गर्दै कारबाही प्रक्रिया अगाडि बढाउँदै पाँच जना आरोपितमाथि कर्तन्य ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको हो ।

घटनामा संग्लन मीनाका बुवाका ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।सहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

त्यसै गरी यसअघि उजुरी दर्ता नगर्ने इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख इन्सपेक्टर उदयसिंह सिंजापति उपर पनि विभागीय कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरेको भन्दै उनी माथि विभागिय कारवाही अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टिकरण सोधिएको छ ।

कमेन्ट गर्नुहोस्