बाबुरामलार्इ खुला पत्रः शहीदको रगत बेच्दा मुटू काँप्दैन ?

दिपक न्यौपाने
काठमाडौं, साउन ६ । एक सच्चा र इमानदार सिपाहीले कहिल्यै दुश्मनसँग काँध मिलाउदैन बरु लड्दालड्दै मृत्यु बरण गर्छ वा मृत्यु बरणका लागि तयार हुन्छ ।

गोलिका खोका छातीमा बज्रपात हुँदासम्म पनि आत्मसमर्पणको भुत उस्को दिमागमा कहिल्यै चढ्दैन।

तर डा साब तपार्इ जस्तो भिजनेवल व्यक्तित्वले जुन गलत कदम उठाउदै हुनुहुन्छ यस कदमले तपार्इलार्इ कहिल्यै न्यायलयको कठघरामा उच्च मुल्यांकनको तक्मा मिल्ने छैन।

हिजो तपाइँ र तपार्इ जस्तै आम नेताको नेतृत्वको आसमा सारा युवा जमात युद्धमा होमिए, बिश्वासको घर यति ठूलो बनाइदिनु भयो कि उनीहरुका सामु मृत्यु केही होइन भन्ने पर्यो। हजारौंले साहदत प्राप्त गरे, कयौं गोलिका खोका बोकेर खाडिमा भासिए।

तर तपार्इ बन्दै गरेको घरलार्इ भत्काउन लालाहित हुनु भयो। निष्ठाताको राजनीतिको नाममा पार्टीको संरचनालाइ कायापलट बनाइदिनु भो ?

यहाँ विधि थियो, यहाँ बिधान थियो न्यायलयलार्इ पुज्ने लाखौ निस्वार्थ कार्यकर्ताको अलग जमात थियो। तपाइले सबैलाइ लत्याउनु भयो।

अन्ततः मर्न लागेको भैंसीलाइ घिच्याएर सुन्दरताको नौलो स्वार्ग बनाउने सपना देख्नु भो। यथार्थमा हैन भावनामा आफुलार्इ बगाइदिनु भो।

परिणामस्वरुप आज लाखै कार्यकर्ताका सपना लिलाम भए सहिदहरुले उदाउँदा र नउदाउँदा बेग्लै संसारबाट दिन रात गिज्याइ रहें।

आज तिनै हत्याराका मालिक जस्ले पार्टी र राजनीतिले सेभ ल्याण्ड गरिसक्दा २७ जना अनाहका कार्यकर्तालाई घाँटी रेटि–रेटि मारिदियो आज उ नै तपाइँका सास्त्रमा परम मित्र भए धत्यरिका बाबुराम।

आसा र भरोसाको विषम कमाण्डलुले मात्रै तपार्इको राजनीतिले सार्थक नतिजा निक्लिदैन।कठोर राजनीतिक चार्तुयता बेगर महिमा घ्यु लाग्दैन भन्ने वैज्ञानिक भनार्इलार्इ तपाईले लज्जित बनाउन खोज्नु भो।

भत्किन लागेको घरको चर्किएको नसाहरुलाइँ आफ्नो पनको दोष सम्झनु भएन बरु बाह्य संसारको हुइयाइलार्इ सफलता नौलो आयाम सम्झनु भो फलस्वरूप मुमाराम र रबिन्द्र जस्ताले बन्दक जिबनलाइ फिर्ता लिएर फर्कन बाध्य भए।

त्यस्ता निकै ठुल–ठुला पहाड तपार्इका सुन्दर सपनाका संसार बाट चोइटी सकेका छ। सायद यिनै बिकरालताले होला बौलाएको सिंह झै जङ्गलको घाँससँग संगीन पिरती लगाउने अठोट संकल्प गर्नु भएको।

हिजो तिनै २७ कर्मठ योद्धाको रगतले तरवार रंगिदा टुडिखेलमा यादव विरुद्ध सोइसोला खोल्ने तपाईका कमजोर मानसिकताले वर्ष नबित्दै त्यहि तरवारका मालिकलाई जीवन समर्पणको एक अफिम सम्झनु हुन्छ भने सोच्नुस तपाइँको राजनीतिक भबिस्य कति लामो होला?

रंगिन खोलिको रक्तस्रावलार्इ अन्त्यको इतिहास र माधुर्यताको लोभमा सालिनता सम्झेर देश लुटन पल्किएका महामानवरूपी दानवहरु सँगको मिठास उठबस निदाउदै गरेको सपनी झै नपडकियोस।आर्थिक समृद्धि र परिवर्तनका नारा दलालका चुर्ड बस्ती–बस्तीमा बिक्री नहुन।

तपार्इका ती भिजिनेवल थ्रेटरहरु डिजिटल क्यामाराले बिगारेको फोटो जस्तो फुस्स उडेको नहोस।
बेखुस अनि बेकार मनको संसारलार्इ जलाउदै तपाईको पार्टी एकताको लागि दुइ थोपा शुभकामना दिए।

कमेन्ट गर्नुहोस्