माओवादी नेताहरूले भने- ‘प्रचण्डपथ’लाई निरन्तरता दिन नसक्दा माओवादीमा समस्या आयो

काठमाडौं, साउन ६ । साउन २ गतेबाट सुरु भएको नेकपा माओवादी केन्द्रको सचिवालयको विस्तारित बैठक शुक्रबार पनि जारी रह्यो । शुक्रबार बोल्ने प्रचण्ड निकट मानिने अग्नि सापकोटा, हरिबोल गजुरेल लगायतका केही नेताहरुले पार्टीमा ‘प्रचण्डपथ’आवश्यक रहेको बताउँदै प्रचण्डपथलाई फेरि ब्युँताउनुपर्ने धारणा राखेका छन्।

२०५२ सालमा सुरु भएको जनयुद्धको मध्येभन्दा थोरैपछि २०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको तत्कालिन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पहिलो पटक ‘प्रचण्डपथ’लाई पार्टीमा प्रबेश गराएका थिए  । माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा नयाँ वाद ‘प्रचण्डपथ’ माक्सवाद, लेनिनबाद, माओवाद र प्रचण्डपथ भनी राखेको थियो । तर नेकपा एकताकेन्द्रसँग पार्टी एकताका क्रममा भएको सहमती अनुसार २०६५ पुस ३० गतेपछि प्रचण्डपथलाई आफ्नो पार्टीको दर्शनबाट हटाएको थियो ।

स्थानीय निर्वाचनमा पार्टीको अनपेक्षित हारपछि राजधानीमा जारी सचिवालयको विस्तारित समीक्षात्मक बैठक शुक्रबार बोल्ने केही नेताले प्रचण्डपथलाई फेरि ब्युँताउनुपर्ने धारणा राखेका छन् ।

‘प्रचण्डपथ’लाई पार्टीको मूल बैचारिक सिद्धान्त बनाउनुपर्ने बारेमा पुनर्विचार गर्नुपर्ने धारणा राखे। तत्कालिन समयमा ‘प्रचण्डपथ’विचारको जुन संश्लेषण थियो, त्यो ठीक थियोु उनले भनेका थिए। त्यसलाई निरन्तरता दिन नसक्दा पार्टी अहिलेको अवस्थामा आएको गजुरेलको तर्क थियो।

के हो प्रचण्डपथ ?

२०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको तत्कालिन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पहिलो पटक ुप्रचण्डपथुलाई पार्टीमा प्रबेश गराएका थिए । ‘महान अग्रगामी छलाङ स् इतिहासको अपरिहार्य आवश्यकता’ शीर्षकको प्रतिवेदनमा प्रचण्डले ‘एक महान उपललब्धी’ उपशीर्षकमा ‘प्रचण्डपथ’को आवश्यकता औंल्याएका थिए। उनले आफ्नो सफल नेतृत्वका कारण पार्टीको विचार श्रृङ्खला मात्र नभई केन्द्रीय स्तरमा सुयोग्य नेताहरुको टिमका साथै क्रान्तिकारी उत्तराधिकारीका रुपमा हजारौं कार्यकर्ताको विकास भएको उल्लेख गरेका छन्।

प्रचण्डको नेतृत्वकै कारण पार्टी एकताको केन्द्रविन्दुको रुपमा बलियो हेडक्वार्टर विकास भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ ‘पार्टी एक दशकदेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क। प्रचण्डको सही र अविछिन्न नेतत्वका कारण आज पार्टी एकताको केन्द्रविन्दुको रुपमा क। प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ। अतः सामुहिक नेतृत्वको केन्द्रिकृत अभिब्यक्तिका रुपमा बिकसित बिचार श्रृङ्खलालाई पार्टी प्रचण्डपथ ९एचबअजबलमब एबतज० नामाकरण गर्दछ।’

प्रचण्डपथका रुपमा पार्टीको अनुभवहरुको संश्लेषणले नेपालमा मार्क्सवाद लेनिनवाद र माओवादका सार्वभौम सिद्धान्तहरुको प्रयोगको विशिष्टतालाई अभिव्यक्त गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्