विपद व्यवस्थापनमा हजारौँ हातको आवश्यकता : गृहमन्त्री शर्मा

काठमाडौं, साउन ६ । गृहमन्त्री जनार्दन शर्माले विपद् व्यवस्थापनका लागि एउटै हाते नभई सयौँ र हजारौँ हातको आवश्यकता पर्ने बताएका छन । विपद्लाई समयमै व्यबस्थापन गर्न नसके अरु विपद् थपिँदा जाने पनि बताए ।

गृहमन्त्री शर्माले भने, ‘विपद् व्यवस्थापन एउटै हातले गर्ने कुरा होइन, सयौँ हजारौँ हातको आवश्यकता पर्छन् ।” विपद्लाई तत्काल निरुपण गर्न नसके अरु विपद् थपिँदा सबै विपद्को बोझमुनि थिचिने उहाँको भनाइ छ

केन्द्रीय दैवी प्रकोप उद्धार समितिको शुक्रबारको बैठकमा मन्त्री शर्माले विगतमा भएका निर्णयको कार्यान्वयनको अवस्था र प्रगति विवरणबारे समीक्षा हुन आवश्यक रहेको बताए । परम्परागत रिपोर्ट प्रस्तुत गर्ने र त्यसैमा छलफल गरेको भरमा प्रगति नहुने पनि उनले बताए ।
सहरी विकाशमन्त्री प्रभु साह, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री र विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकमा मन्त्री शर्माले सबै मन्त्रालय विपद् व्यवस्थापनमा कामबारे स्पष्ट हुँदै सोहीअनुरुपको भूमिका निभाउन आवश्यक रहेकोमा जोड दिए ।
उनले भने, “सबै विपद्को बोझमा थिचिँदा राज्यले त्यो भारी बोक्न नसक्ने अवस्था आउन सक्छ, तत्काल विपद्लाई पार लगाउन सकेमा त्यसले नयाँ स्थिति सिर्जना गर्छ ।”

कमेन्ट गर्नुहोस्