सबै गाउँपालिकामा टेलिफोन सेवा

काठमाडौं, साउन ६ । गृहमन्त्री जर्नादन शर्माले तीन महिनाभित्र सबै गाउँपालिकामा टेलिफोन सुविधा पुर्याउन निर्देशन दिएका छन् ।

केन्द्रीय दैवी प्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकमा मुख्य सचिवमार्फत सञ्चार सचिवलाई निर्देशन दिएका हुन ।

“यो राज्यको टेलिकम हो, तीन महिनाभित्र हरेक गाउँपालिकामा सञ्चार पुगेको हुनुपर्छ” गृहमन्त्री शर्माले भने, “त्यसमा कुनै शर्त मानिने छैन ।”

कमेन्ट गर्नुहोस्