विपद उद्दारका लागि सेनाको हेलिकप्टर स्टेनबाई

काठमाडौं, साउन ६ । विपद्मा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर देशका मुख्य तीन स्थानमा तयारी अवस्थामा राख्न गुहमन्त्री जर्नादन शर्माले निर्देशन दिएका छन ।

विपद व्यवस्गापन समितिको बैठकमा गृहमन्त्री शर्माले नेपाली सेनाका उपरथी हेमन्त कुँवरलाई निर्देशन दिँदै भने, “एउटा हेलिकप्टर पश्चिम क्षेत्र, एउटा बुटवल र अर्को पूर्वतिर राखौँ जसले गर्दा उद्धारमा सहजता ल्याउन सकिन्छ ।”

मन्त्री शर्माले विपद् उद्धार कोषलाई पनि विभिन्न ढंगले वृद्धि गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्