नायिका एवम मोडल नीता ढुंगाना ‘यो तीजमा नाच्नु पर्छ’

काठमाडौं, साउन ६। नायिका नीता ढुंगानाले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने बताएकी छन ।

गायिका बसन्ता प्रकृतीले गएको ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता छमछमी नाच्दै यो वर्षलाई विशेष गरी रमाइलो बनाउने भएकी हुन ।

तीज पर्व आएसँगै नेपाली कलाकार र गायक९गायिकाको व्यस्तता बढीरहेका बेला उनी यस वर्षको तीजको गीतमा मोडलिङ गर्न व्यस्त छिन् ।

दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतले सार्वजनिक भए लगत्तै राम्रो चर्चा कमाईरहेको छ ।

शिव विकले निर्देशन गरेको यो भिडियोलाई रविन बिकले सम्पादन गरेका हुन् भने शम्भु चालिसेले छायांकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्