भारतका ठूला कुरा मात्रै, चीनसँग १० दिनसम्म लड्न समेत छैन गोला बारुद, संसदमा प्रतिवेदन

नयाँ दिल्ली, भारतीय मिडियाले देशको सैन्य क्षमताको अतिरन्जना गरेपनि भारतसँग १० दिन लडाई गर्न समेत गोला बारुद नभएको गम्भीर खुलासा भएको छ ।

चीन र पाकिस्तानसँग तनाव चुलिएको बेला भारतीय संसदमा रक्षासम्बन्धी यो रिपोर्ट प्रस्तुत भएपछि सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

भारत सरकारको महालेखा नियन्त्रक (कन्ट्रोलर अडिटर जनरल क्याग) ले भारतीय संसदमा रक्षा विभागसँग सम्बन्धित रिपोर्ट प्रस्तुत गरेको थियो ।

क्यागका अनुसार, साँच्चिकै लडाई हने अवस्थामा भारतीय सेनासँग १० दिनका लागि समेत गोलाबारुद छैन । भारतीय सेनाले सन् १९९९ मा सेनासँग कम्तीमा २० दिनका लागि गोलाबारुद रिजर्ब हुनुपर्ने नियम बनाएको थियो ।

क्यागका अनुसार, अर्डिनेन्स उद्योग बोर्डको प्रदर्शनमा २०१३ देखि कुनै सुधार भएको छैन ।

भारतका लागि ५५ प्रतिशत गोला बारुद न्यूनतम मापदण्डभन्दा कम थियो । यो अवस्थामा यदि चीनसँग साँच्चिकै जमिनी लडाई हुने हो भने भारतीय सेनाको अवस्था के होला भन्ने चिन्ता भारतमा व्याप्त भएको छ ।
त्यसो त भारतले चीनको धम्कीका अगाडि नडर्ने भन्दै आफ्नो आणविक शक्तिको धौंस दिँदै आएको छ । तर रक्षाको यो अवस्था हेर्दा भारतीय संसदहरुले सरकारको कटु आलोचना गरेका छन् ।

चीनले भने भारतले तत्काल सीमा क्षेत्रबाट सेना नहटाए युद्द शुरु गर्ने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्