काँग्रेस बैठक आज, सशक्त रुपमा प्रस्तुत हुने असन्तुष्ट पक्षको तयारी

काठमाडौं, साउन ७ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक आज बस्दैं छ । बैठकमा सरकारका काम कारबाहीलाई लिएर असन्तुष्ट पक्षले सशक्त रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।

सभापति देउवाको अहिलेसम्मको कार्यशैली निकै सुस्त र विवादित भएको भन्दै आलोचना भईरहेका बेला केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले पनि सरकार र देउवाको चर्को आलोचना गर्ने भएका छन् ।

विषेश गरेर सरकार गठनमा ढिलाई गरेको र प्रभावकारी कामहरु केही गर्न नसकेको भन्दै काँग्रेसकै असन्तुष्ट पक्षहरुले सरकारको आलोचना गर्ने तयारी गरेका छन् ।

तर देउवा निकटका नेताहरुले भने त्यसको बचाउ गर्दै सरकारको कामकारबाहीका बारेमा अहिले समिक्षा गर्ने बेला भईनसकेको तर्क गरेका छन् ।

सरकार विस्तार गर्ने भन्दा संविधान संशोधनको विषयलाई टुंग्याएर निर्वाचनको बातावरण बनाउने विषयमा प्राथमिकतामा पार्नुलाई सकारात्मक रुपमा लिनु पर्ने काँग्रेस नेता मिन विश्वकर्माले बताएका छन ।

कमेन्ट गर्नुहोस्