खेती बिग्रेर दुखी किसानको खेतमा भेटियो २० लाखको हीरा

भोपाल, मध्यप्रदेशको पन्ना गाउँमा बसोबास गर्ने एकजना किसानको भाग्य खुलेको छ । बाली बिग्रेर दुखी सुरेश यादवको खेतमा हीरा पाइएको हो

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार, फसल बिग्रेपछि किसानले आफ्नो खेत खानी खन्नका लागि ठेक्कामा दिएका थिए

यो क्षत्रेमा वार्षिक केही दिएर कसैले पनि खानी खन्न जमिन भाडामा दिन सक्छन् । आर्थिकरुपमा टाट पल्टिएका यादवले समेत यही बाटो चुने । “म आफ्नो परिवारको अवस्था सुधार्न सकिरहेको थिएन, मौसम बिगे्रका कारण खेती गर्नै गारो थियो । गत वर्ष मैले बारीको सानो टुक्रा खानीका लागि भाडामा दिए ।” यादव भन्छन् ।
छाक टार्नका लागि दिनमा अर्काको खेतमा मजदूरी गर्ने र साँझ बिहान खानी खन्नुपर्ने दिनचर्या यादवको थियो ।

्गत हप्ता भने यादवले खन्दै गर्दा हिरा भेटे । त्यसपछि उनले यसको जानकारी जिल्ला खनन अधिकारीलाई दिए । अब सरकारी मापदण्ड अनुसार यादवले उक्त हिरा बेच्ने भएका छन् ।

Symbolic photo only

कमेन्ट गर्नुहोस्