कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस आज

काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारी श्रेष्ठको माहिला छोराको रूपमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा ५४ वर्षको उमेरमा निधन भएको थियो ।

वि.सं. २००६ सालमा भारतको कलकत्तामा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको गठन गरेका थिए । नेता श्रेष्ठको स्मरणमा आज विभिन्न ठाउँमा स्मृति सभाको आयोजना गरिएका छन् ।

तत्कालीन प्रजा परिषद्का नेताहरू बीपी कोइराला, टङ्कप्रसाद आचार्यलगायतका नेताहरुसँगको सहकार्यमा पुष्पलालले राणा शासन विरुद्धको अभियान सक्रिय भएका थिए ।
त्यही अभियानको प्रतिफल स्वरुप लामो संर्घषपछि मुलुकमा २०४६ सालमा प्रजातन्त्र सम्भव भएको थियो ।

कमेन्ट गर्नुहोस्