चर्कियो विवादः नारायणकाजीलाई गोपाल किँरातीले दिए कडा प्रतिक्रिया

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै अर्का नेता गोपाल किराती कडा प्रतिक्रिया दिएका छन् ।

नारायणकाजी श्रेष्ठले “बन्दूक नबोकेकोमा आफूले कहिलेसम्म स्पष्टिकरण दिनुपर्ने” भन्ने प्रश्न गरेपछि गोपाल किरातीले फेसबुक पेजमा निकै कडा प्रतिक्रिया लेखेका हुन । नारायणकाजी श्रेष्ठको नाम उल्लेख नगरी किरातीले लेखेको स्टाटसको चर्चाले पेरिसडाँडामा ठूलै बहस सुरु भएको छ ।

यसअघि पार्टीभित्र जोवन ढल्काउने नेता भन्दै केही नेताहरुको आलोचना भएको थियो ।

पार्टीका निर्णयहरुमा चित्त नबुझे सोझै ट्टिवरबाट आलोचना गर्दै आएका नेता नारायणकाजीलाई गोपाल किँरातीले भनेका छन्

महान जनयुद्धलाई ‘सामाजिक फासिवादी’ भन्ने र ‘जनयुद्धमा बगेको रगत महिलाको राजास्वालामा बगेको रगत बराबर हो” भन्ने नेताको जघन्य अपराध विरुद्ध जबसम्म सार्वजनिक आत्मआलोचना गरिदैन, तबसम्म स्पष्टिकरण दिइरहनै पर्छ । मार्क्स-एङ्गेल्सले बन्दुक बोक्नुभएन, तर पेरिस कम्युनमा बगेको रगतलाई त्यसरी प्रतिकृयावादी टिप्पणी गर्नुभएन, भनेर हेक्का राख्नुपर्छ । अझ गिरिराजमणिलाई कथित सक्षमको बहानामा आजीवन मन्त्री बनाउने माग मार्क्सवाद नभएर, सिधा सामाजिक डार्विनवाद हो । जुन गुटवन्दीको चरम अभिव्यक्ती हो, भनेर बुझ्नुपर्छ ।

कमेन्ट गर्नुहोस्