नारायणगढ–मुग्लिन सडक सुचारू

चितवन, साउन ७ । नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा शनिबनर बिहान खसेको पहिरो पन्छाइएपछि सडक केही समय अघिबाट सुचारु भएको छ ।

बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । दुवैतर्फबाट पहिरो पन्छाइएपछि केही समयअघिबाट सडक सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

प्रत्येक दिन नारायणगढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट बिहान ५ बजे सवारी छाडिने भए पनि पहिरो खसेपछि ती सवारी रोकिएका थिए । पहिरो पन्छाइएसँगै सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटक–पटक पहिरो खसेपछि राजधानी प्रवेशको मुख्य मार्ग भएर आउजाउ गर्ने यात्रुले पहिल्लो समय बारम्बार दुःख पाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्