घूस लिँदै गर्दा भक्तपुर मालपोतका कर्मचारी रंगेहात पक्राऊ

काठमाडौं, साउन ७ । अख्तियारको टोलीले भक्तपुर मालपोतका चार जना कर्मचारीलाई घुस लिँदै गर्दा पक्रेको छ ।

शुक्रबार साँझ सवा ७ बजे ५० हजार घुस लिइरहेको बेला उनीहरु पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा भक्तपुर मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ ,नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरल रहेका छन् ।

याे पनि पढ्नुस  ६ वर्षीया बालिकामाथि बलात्कारकाे प्रयास, एमाले अखिलका नेता पक्राउ

कौशलटार चोकमा रहेको वेभ सकुवा कर्नरबाट चारैजना पक्राउ परेका थिए ।

भक्तपुर जिल्ला चाँगुनरायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको जग्गाको बाटो काटी प्लटमिलान गर्न सेवाग्राहीले आफ्नै ३ आनाको दुई टुक्रा जग्गामा एउटा कित्ताबाट आफ्नै जग्गामा जान बाटो कित्ताकाट गर्नको लागि सबै प्रकृया पुर्याएर गएको भए पनि अधिकृतले ५० हजार घुस मागेपछि अख्तियारलाई सूचित गरेका थिए । घुस मागेको सूचना सेवाग्राहीले अख्तियारलाई दिएसँगै टोलीले रंगेहात कर्मचारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्