सुप विश्वविद्यालयमा ४ डीनकाे भागबण्डा, स्थानीयद्वारा बिरोध

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले चार संकायमा डिन नियुक्त गरेको छ ।

परिषद्ले विज्ञान तथा प्रविधि संकायका डिनमा सिद्धनाथ विज्ञान क्याम्पस भीमदत्तनगरका प्रमुख डा पूर्णबहादुर चन्द, व्यवस्थापन संकायका डिनमा कैलाली बहुमुखी क्याम्पसका पदमकान्त जोशी, शिक्षा संकायका डिनमा विश्वविद्यालयका सप्रा गोविन्द विष्ट र इन्जिनियरिङ संकायका डिनमा किशनदेव भट्टलाई नियुक्त गरेको हो ।

लामो समयदेखि रिक्त संकायमा चार डिनलाई चार वर्षका लागि नियुक्त गरिएको विश्वविद्यालय केन्द्रीय कार्यालयका उपप्रशासक गोविन्दबल्लव पन्तले बताउनुभयो ।

परिषदले डीन नियुक्ति निर्णय सार्वजनिक भएपछि शुक्रबारदेखि चन्द र जोशी एमाले र विष्ट र भट्ट कांग्रेस निकटका प्राध्यापक हुन् । सुदूरपश्चिम विश्वविद्यालयमा डिन नियुक्त संगै विवाद उत्पन्न भएको छ । विद्यार्थी संगठनका नेता र प्राध्यापकले नियुक्तीको विषयलाई लिएर असन्तृष्टी पोखिरहेका छन् ।

सुप विश्वविद्यालय बिरोधीलाई नै डिन बनाएर विश्वविद्यालय स्वाहा पार्ने षड्यन्त्र भएको भन्दै चरम बिरोध भएको छ । सामाजिक सञ्जाल फेसबुक र क्याम्पस भित्रै प्राध्यापकले बहसको विषय बनाएका छन् । विज्ञान तथा प्रविधि र व्यवस्थापन संकायका डिन द्वय चन्द र जोशी सुप विश्वविद्यालय बिरोधी भएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्