रौतहटमा रित्तियो जनमोर्चा, सिङ्गो कमिटी नै माओवादीमा

काठमाडौ, साउन ७,। राष्ट्रिय जनमोर्चा रौतहटको सिङ्गो जिल्ला कमिटी नै माओवादीमा प्रवेश गरेका छन्।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लखिन्द्र साह, केन्द्रीय सदस्य जगमन्न राम, जिल्ला सचिव लक्ष्मणकुमार राम, जिल्ला सदस्यहरु बीरेन्द्रकुमार शाह, रामबाबू साह, इदयन अन्सारि लगायत सिङ्गो कमिटी नै माओवादीमा प्रवेश गरेको हो।
जनमोर्चाका नेताहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्