हाेटलमा एकै परिवारका चारजना मृत फेला, सीआईबीकाे अनुसन्धान सुरु

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–७ बसपार्कमा होटल सञ्चान गरेर बसेका एकै परिवारका चारजना मृत अवस्थामा भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरीका अनुसार बसपार्कमा संचालित गौतम होटलमा ३२ वर्षीय राजाराम दाहाल, उनका ६५ वर्षिय बाबु हरिभक्त, ६० वर्षीया आमा हरिमाया र २५ वर्षीय बहिनी रञ्जना मृत फेला परेका हुन् ।

उनीहरुको शव भेटिएको होटल भित्र विषका केही खाली सिसा पनि फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ । डिएसपी अरुण पौड्याल नेतृत्वमा चिकित्सकसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो । पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लाने तयारी भए पनि आक्रोशित आफन्तले घटना शंकास्पद भएको भन्दै शव उठाउन मानेका छैनन् । भीड नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्