पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

फलेवास (पर्वत), साउन ७ । विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पर्वतको मोदी गाउँपालिका– ३ जयले गाउँमा काठको ठाउँमा फलामे पोलमा तार टाग्ने क्रममा अकस्मात विद्युत् प्रवाह हुँदा केसीको घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी एकनाथ सुवेदीले जानकारी दिनुभयो ।

गाउँमा चार दिनदेखि विद्युत् अवरुद्ध रहेको थियो । विद्युत् अवरुद्ध भएका बेला जानकारी दिएरै पोलमा चढेको भए पनि अकस्मात विद्युत् प्रर्वाह गरिदिएका कारण केसीको मृत्यु भएकोे हो । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको लापर्बाही भएको आरोप मृतकका आफन्तले लगाएका छन ।

कमेन्ट गर्नुहोस्