पौडी खेल्न गएका दुइ युवकको नदिमा डुबेर मृत्यु

कैलाली, साउन ७ । कैलालीको घोडाघोडी नगरपालिका–१० मा पर्ने कान्द्रां नदिमा डुबेर दुइ युवकको ज्यान गएको छ ।

पौडी खेल्न गएका सोही ठाउँका १५ बर्षिय सुरेश खडायत र बझाङ घर भइ मामाघर आएका सुरेश धामीको डुबेर ज्यान गएको हो ।

हिजो साझँ साढे पाँच बजेतिर नदिमा पानीको बहाव बढेका बेला पौडी खेलेकाले उनीहरुले ज्यान गएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु दुवैको शव पोष्टमार्टमका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्